२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरकी सासंद भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मा



२९ असार ०७८, काठमाडौं । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी ललितपुर २ कि सासद नेकपा (माओवादी केन्द्र) का नेत्री फम्फा भुसालले पाएकी छिन् । विसं २०६४ मा महिला बालबालिका तथा समाज कल्याणमन्त्री, २०६५ मा सामान्य प्रशासनमन्त्री र विसं २०६८ मा शान्ति तथा पुनः निर्माण मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री भुसाल माआवादी जनयुद्धको क्रममा १० वर्ष भूमिगत थिइन् ।

विसं २०१९ साउन ४ गते अर्घाखाँचीमा जन्मिएकी भुसाल ललितपुर क्षेत्र नं ३ बाट विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसअघि विसं २०६४ मा संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । उनी तत्कालीन संयुक्त जनमोर्चा नेपालको महासचिव र अध्यक्ष भएकी थिइन् । विसं २०३३ मा अनेरास्ववियु छैटौँको सदस्यता लिई राजनीतिक जीवन शुरुआत गरेकी भुसाल नेकपा (माओवादी केन्द्र) को प्रभावशाली नेत्री हुन् । माओवादी केन्द्रको स्थायी समिति सदस्य रहेकी नेत्री भुसालको विशेष रुची अर्थतन्त्र र विकासमा छ ।

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १० : ४१ बजे