५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुसुन्तीको निर्माणाधिन घरबाट खसेर अपरिचित पुरुषको मृत्यु




३१ असार ०७८, ललितपुर । ललितपुर महानगरपालिका १३ कुसुन्ती हाईटस्थित श्रीधर ढुङ्गानाको नयाँ बन्दै गरेको ३ तले घरको पहिलो तलाबाट खसेर अहिलेसम्म नाम नखुलेको अपरिचित करिब ४२ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको छ ।
प्रहरी बुलेटिनमा जनाइए अनुसार घरको पहिलो तलाबाट खसेर गम्भीर घाईते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी त्यस घरमा किन गए र कसरी पढ्न पुगे भन्ने विषयमा बुलेटिनमा उल्येख छैन ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । उनको सनाखत नभएको र चिन्ने जानेको व्यक्तिले प्रहरीकोमा खबर गर्न प्रहरीले आह्वान गरेको छ ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।