३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप २६७६ जनामा कोरोना संक्रमण पुष्टि



३१ असर ०७८, काठमाडौं । नेपालमा थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २५६ पीसीआर परीक्षणबाट १ हजार ७८२ र ४ हजार ५१२ एन्टिजेन परीक्षणबाट ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४६३ पुगेको छ।

यसैगरी गत २४ घण्टामा १ हजार ७५७ जना कोरोना संक्रमि डिस्चार्ज भएका छन्। हाल देशभर २६ हजार ६३९ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ५ : ५२ बजे