२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सोमबार सुनको भाउ सामान्य बढ्यो



४ साउन ०७८, ललितपुर । सोमबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ थप घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारसुनको भाउ तोलामा २०० रुपैयाँले बढ्दा चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।

महासंघका अनुसार सोमबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ८०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ६०० र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

गत आइतबार चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।