
४ साउन ०७८, ललितपुर । अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाण्डौ जिल्लामा आज साउन ४ गतेबाट लगाउन सुरु गरिएको छ ।
यसका लागि ४४ वटा खोप केन्द्र तोकिएका छन्। कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरिकाले गत सोमबार नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो। यो खोपको एक डोजमात्र लगाए पुग्छ।








प्रतिक्रिया