१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट जापान पठाइदिन्छु भन्दै ठग्ने ४ जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

४ साउन ०७८, काठमाडौं । जापान पठाइदिन्छु भन्दै नगद ३९ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका १२ पदमपोखरी घर भएकी ३७ वर्षीया शुभद्रा परियार, काठमाडौं नयाँबानेश्वर बस्ने ईलाम सूर्योदय नगरपालिका ४ श्रीअन्तु घर भएकी ३३ वर्षीया पुजा राई, काठमाडौं कपन बस्ने
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ राम्चे घर भएका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका ७ खरिपाटी बासँवारी बस्ने २१ वर्षीया दिपिका केसी रहेका छन् ।
सामाजिक संजाल फसबुकमा “टानाकायोका”को नामबाट फेसवुक प्रयोग गरी आफु जापानको ‘इमिग्रेसन’मा काम गर्ने जापानको नागरिक हो भन्दै पीडितहरुसँग चिनजान गरी जापान जान वर्किङ भिषा प्रक्रियाको लागि रकम पठाउनु पर्छ भनि प्रलोभनमा पारी उक्त नगद विभिन्न बैंक खातामा डिपोजिट गर्ने लगाई जापान नपठाई सम्पर्क विहीन भएको ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ७ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।