४ साउन ०७८,काठमाडौं । काठमाडौंको नयाँबजारमा एउटा क्रेनले ठक्कर दिदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका २६ नयाँबजार मनाङगेट नजिक सडकमा प्र.न.०२–०१९ प.९९५९ नम्बरको मोटरसाइकललाई प्र.न.०३ –०१–००३ क ४९९४ नम्बरको आईचर क्रेनले आइतबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक काठमाडौं टोखा नगरपालिका ४ बस्ने २० वर्षीय पुजन नगर्चीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो । आईचर क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जानकारी दिएको छ ।
प्रतिक्रिया