५ साउन ०७८,काठमाडौं । काठमाडौं मित्रपार्कस्थित मानसरोबर होटलमा बस्नका लागि बा.२ ज ३५९० नम्बरको ट्याक्सीमा जाँदै गरेका झापाका ४१ वर्षीय मात्रिका चौलागाई र नवलपरासीका ३० वर्षीय बिजय पुलामी मगरको ५०÷५० ग्रामको १÷१ थान सुनको बाला सोमबार राति लुटपाट भएको छ । प्रहरीका अनुसार कतारबाट आई होटल अगाडि पुगेका उनीहरुलाई अहिलेसम्म अल्फाबेट नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तहरुले सुनको बिल चेक गर्नु¥यो भन्दै बाला लुटपाट गरी प भागेका थिए । प्रहरीलाई चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले सोही ट्याक्सीका चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएका बताएकोे छ ।
यसैगरी काठमाडौं महानगरपालिका २८ ज्ञानेश्वरस्थित सडकमा बैदेशिक रोजगारीबाट फर्केका झापाका ३४ वर्षीय गणेश नेपालको ५० ग्रामको १ थान सुनको बाला सोमबार राति लुटपाट भएको हो । प्रहरीका अनुसार भाइ नाता पर्नेसँग बा.९२ प.३७१८ नम्बरको मोटरसाइकलमा डिल्लीबजार कालीकास्थानतर्फ आउने क्रममा अहिलेसम्म नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले उक्त सुनको बाला लुटपाट गरी फरार भएको बताइएको छ ।
लुटपाट भएको खबर पाए लगत्तै खटिएको प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका बताएकोे छ ।
प्रतिक्रिया