८ साउन ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६१३ जनामा संक्रमण भएको हो।
जसमध्ये काठमाडौंका ४१०, भक्तपुरका ६९ जना र ललितपुरका १३४ जना छन्। योसँगै शुक्रबारसम्म काठमाडौं उपत्यकामा ७ हजार ८४५ सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा मात्रै ५७८२, भक्तपुरमा ९४७ जना र ललितपुरमा १११६ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया