९ साउन ०७८, काठमाडौं । नेकपा (एमाले)को युवा संगठन अन्तर्गत गठित युथ फोर्सको भ्याली कमाण्ड घोषणा गरिएको छ । एमाले महासिचव ईश्वर पोखरेलले बेलुन उढाएर उद्घाटन गरेका थिए ।
घोषणा कार्यक्रममा हजारौ युवा रातो टिसर्ट लगाएर सहभागी भएका थिए । कार्यक्रममा पाखरेलले युथफोर्स फरक परिवेशमा गठन भएको भए पनि परिवर्तित परिस्थिति अनुसार काम गर्नुपर्ने बताए। ‘परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगारसँग अभियान चलाउने काम तपाईंहरुले गनुपर्छ,’ उनको निर्देशन छ, ‘भ्रष्टाचार विरुद्ध अभियान चलाउनुपर्छ ।’
पोखरेलले युथफोर्स आतंकको स्रोत नभइ आतंक सिर्जना गर्नेलाई तह लगाउने सांगठन भएको उनको भनाइ छ । युथ फोर्सका संयोजक महेश बस्नेतले युथ फोर्स कसैका विरूद्ध खोलिएको नभई सरकारलाई केपी ओलीको नेतृत्वको सरकारको कामलाई निरन्तरता दिन सघाउने बताए । उनले ती कामको निरन्तरता नभए विरोध गर्ने उदघोष गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य सदस्य निरू पाल लगायतका नेताहरु सहभागी भएका थिए । कोरोनाको महामारीमा मास्क लगाएको देखिन्थ्यो। बानेश्वरदेखि बबरमहलसम्म र्याली आयोजना गरिएको थियो ।
प्रतिक्रिया