२६ पुस २०८१, शुक्रबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा अहिले पनि घटेन वालविवाह




९ साउन ०७८, भक्तपुर । भक्तपुर नगरपालिकाले बालविवाह अन्त्य गर्न समुदाय नै परिचालन गर्ने भएको छ । नगरपालिकाले आज शनिबार आयोजना गरेको बालविवाह अन्त्यका लागि समुदाय परिचालन विषयक अन्तक्र्रियामा सहभागीहरूले अहिले पनि बालविवाह नघटेकाले समुदाय नै परिचालन भएर जानुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर अध्यक्ष नारायणबहादुर दुवालले बालविवाह रोक्न सिङ्गो समुदाय परिचालन हुनुपर्ने बताए । अधिवक्ता अनिता जधारीले विसं २०७५ अगाडि १८ वर्षपछि मात्र बिहे गर्नेमा २०७५ पछि २० वर्षपछि मात्र बिहे गर्नुपर्ने प्रावधान नेपालको कानूनमैै उल्लेख भएको बताइन् । उनले २० वर्ष अगाडि बिहे गर्दा जन्मने बच्चाको नागरिकता नपाउने, सामाजिक तथा कानूनी अधिकारबाट बञ्चित हुनुपर्नेजस्ता समस्या आइपर्ने बताएकी थिइन् । उनले बालविवाह गरेमा दुवै पक्षले कानूनी सजाय पाउने बताउँदै कोरोनाकै महामारीका कारण नयाँ प्रविधि अनलाइन कक्षाका कारणले विभिन्न सामाजिक सञ्जालको माध्यमबाट विभिन्न खालका असामान्य र अव्यवहारिक अश्लिल गतिविधि बढ्दै गरेको बताइन् ।
उनले सामाजिक सञ्जालको माध्यमबाट शारीरिक तथा मानसिक दुव्र्यवहारहरूले बढेको, यौन दुव्र्यवहारको शिकार र परिवार र नजिक सम्बन्धभित्रकै व्यक्तिबाट यौन दुव्र्यवहार हुने गरेको बताएकी थिइन् । कार्यक्रमका वक्ताहरूले वडा कार्यालयले समुदायलाई बालविवाह रोक्न परिचालन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : ३२ बजे