२६ पुस २०८१, शुक्रबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको कोञ्ज्योसोममा वाइसिएल पुर्नगठन




ललितपुर खबर
१० साउन ०७८, ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा एमाओवादीको भातृ संगठन वाईपसिएलको पुर्नगठन गरिएको छ । आइतबार गाँउपालिकामा आयोजित भेलाले वाईसिएल पुर्नगठन गरेको माओवादी केन्द्र ललितपुरका सचिवालय सदस्य गोपिलाल सिंतानले बताऐ ।
सिंतानले का अनुसार पुनर्गठित वाईसिएलको कोञ्ज्योसोमका अध्यक्ष विजय घलान चयन भएका छन् । उपाध्यक्षमा सुदर्शन खवास र रिता थिङ तामाङ,सचिवमा कृष्ण घिमिरे, सहसचिवमा अमित तहिङ,विशाल गोले,विजय लोप्चन,आकृति घिसिङ तोकिएका छन् ।
नयाँ कमिटिमा कुमार तामाङ इन्चार्ज तोकिएको छ । भेलाले विधानमा उत्लेख भए अनुसारको ३५ सदस्यलाई पुर्णता दिएर कमिटी गठन गरेको हो
कोञ्ज्योसोम गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्र ललिलपुरका सचिवालय सदस्य गोपिलाल सिंतानले पुर्नगठित कार्यसमितीलाई बधाई दिदै आगामी निर्वाचनमा जित्ने गरी काम गर्न कार्यादेश दिए । सिंतानले केन्द्र सुतेर बसेका कारण आफूहरुले पार्टीलाई सही दिशा दिन वाईसिएल पुर्नगठन गरेको ललितपुर खबरलाई प्रतिकृया दिए ।
सवोच्च अदालतले नेकपा एमाले र एमाओवादीलाई छुट्टा छुट्टै दल भएको फैसला पछि २ बर्षअघि भएको एकता भंग भएको र पार्टी पुर्नदर्ता गर्न अनुच्छुक भएपछि फेरि पुराना संरचना व्युतिन थालेका छन् । पछिल्लो समय एमालेले केन्द्रमा युथ फोर्स घोषणा भएको छ भने एमाओवादीलाई वाईसिएल पुर्नगठन गर्न दवाव छ । पालिकास्तरमा पुर्नगठित वाईसिएललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कर्यक्रममा कोञ्ज्योसोम गाउँपालिकाको वडा नं ४ नल्लु बाट २७ जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १२ : ४९ बजे