६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञाका विषयमा छलफल हुने



१० साउन ०७८,काठमाडौँ ।  काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक आज बस्ने भएको छ।

सीडीओहरुको बैठक दिउँसो ४ बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्नेछ। बैठकमा पछिल्लो समय थप गरिएको निषेधाज्ञाको समीक्षा गरिनेछ। पछिल्लो समय थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेटबाट सकिँदैछ। बैठकमा निषेधाज्ञाका विषयमा छलफल हुने जनाइएको छ ।

हाल उपत्यकामा सबै खाले सवारीसाधन चल्न दिइएको छ। खाद्यान्न, इलेक्ट्रोनिक्स, फेन्सीजस्ता पसलहरु पनि साँझ ७ बजेसम्म खोल्न दिइएको छ।

उपत्यकाभित्र रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेस्टुरेन्ट भने खोल्न दिइएको छैन। शिक्षण संस्थाहरु पनि बन्द नै छन्। विद्यालय र विश्वविद्यालय तथा विभिन्न आयोगले सार्वजनिक गरेका परीक्षा कार्यक्रम स्वास्थ्य मापदण्ड कडाइ साथ पालना गरी सञ्चालन गर्न अनुमति दिइएको छ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  २ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।