१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका डाक्टर विजय श्याम रंजित काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ



१० साउन ०७८, ललितपुर । ललितपुर महानगरपालिका एक डाक्टर काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा फेल भएका ‘डाक्टर’ कीर्ते आरोपमा पक्राउ परेका हो। ललितपुर महानगरपालिका वडा नं २ का ३६ वर्षीय विजय श्याम रंजितलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार पक्राउ गरेको हो । काउन्सिलबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि चाहिने दर्ता प्रमाणपत्रको प्रवेश परीक्षामा फेल भएका उनले काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा कीर्ते गरेर काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखतसमेत गरेको उजुरी परेको थियो ।
छानबिनपछि उनले कीर्ते गरेको पाइएसँगै ब्युरोको टोलीले उनलाई महाराजगंजबाट पक्राउ गरेको हो ।
उनलाई कानून बमोजिम “लिखत सम्वन्धि कसूर अपराधमा” कारवाहीको लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिएको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ४ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।