६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेपाली कांग्रेस ललितपुरका सचिव भीमसेन घिमिरेको निधन



११ साउन ०७८, ललितपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, ललितपुरका सचिव ४७ वर्षीय भीमसेन घिमिरेको सोमबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

स्वर्गीय घिमिरे २०७४ को स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत थिए । नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको असामयिक निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ । स्वर्गीय घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु(याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।