६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रधानमन्त्री देउवाद्वारा ललितपुर काँग्रेस सचिव घिमिरेको निधनप्रति दुःख व्यक्त



११ साउन ०७८,काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधनप्रति दुुःख व्यक्त गरेका छन् ।
सचिव घिमिरेको आज सोमबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा ४७ वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री देउवाले शोक विज्ञप्तिमार्फत घिमिरेको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्रीले स्व घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने उल्लेख गरेका छन् ।
सचिव घिमिरे २०७४ सालको स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाङ्काल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारसमेत थिए । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेका स्व घिमिरेले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।