१४ साउन ०६७, बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ६ र ९ स्थित गैरीचौरमा निर्माण भइरहेको औद्योगिक ग्राम निर्माण सुरु भएको छ । निर्माणाधिन औधोगिक ग्रामको घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलका प्रमुख केशवप्रसाद पुडासैनी र काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछे र महासचिव रविन्द्र बैदारले अनुगमन गरेका छन् ।
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निमाृण भइरहेको यस औधोठिगक ग्रामको क्षेत्रफल करिब ७७१ रोपनी छ । अहिले क्षेत्रमा पहिला चरणमा जग्गा सम्याउने, तारबार गर्ने र एउटा सुरक्षा गार्ड घर निर्माण भइसकेको छ ।
यो तस्वीर राष्ट्रिय समाचार समितीकी पत्रकार पेमा लामाले खिचेकी हुन् ।
प्रतिक्रिया