३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हेटौडामा चुरियामाई सुरुङ मार्गको शिलान्यास




१५ साउन ०७८ , हेटौडा । मकवानपुरको चुरियामाई सुरुङ मार्गलाई बागमती प्रदेश सरकारले पुननिर्माण गर्ने भएको छ ।
हेटौडा उपमहानगरपालिका १५ मा रहेको सुरुङमार्गको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार शिलान्यास गरेका छन् ।
बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार ८ सय ७८ रुपैयाँ सुरुङ्गमार्गको पुनर्निर्माण हुन लागेको हो ।
चन्द्रशम्शेरको पालामा १०४ वर्षअघि निर्माण गरिएको यो सुरुङ्ग मार्ग एसियाकै पहिलो भएको टोनी हेगनले आफ्नो पुस्तकमा उल्येख गरेका छन् ।यो सुरुङ मार्ग नेपाली सेनाका तत्कालिन कर्णेल इन्जिनियर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो । त्यसताका यो सुरुङ मार्ग पाँच सय मिटर लामो,नौ फिट चौडाइ र १० फिट उचाइ रहेको थियो । तर अहिले विभिन्न कारणले विग्रेर करिब दुई सय ८० मिटरमात्र बाँकी रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ९ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।