२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको गोल्डेन टेम्पलमा क्षमा पूजा, पुनर्निर्माण सुरु




१५ साउन ०७८, पाटन । पुनस्र्थापना सुरु गर्नुअघि क्षमा माग्ने परम्परा अनुसार ललितपुरका स्थानीय स्थानीय समुदायले गोल्डेन टेम्पलमा (हिरण्यवर्ण महाविहार तथा दिगि) छेँमा क्षमा पूजा गरेका छन् । काठमाडौंस्थित भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार अधिकारीहरुले पूजामा सहभागीता जनाएका थिए । नेपाली रुपैया १८.१ करोडमा यस महाविहारको पुनर्निर्माण हुन लागेको हो ।
सुनौलो मन्दिर(गोल्डेन टेम्पल)को रुपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित छ । यो मन्दिर पाटनका बौद्घ मन्दिर विहारहरुमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो ।
भूकम्पले क्षति पु¥याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनस्र्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइसकेको छ । यो परियोजना पनि ती २८ वटा परियोजना भित्रकै एक हो । ललितपुर जिल्लामा सातवटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ जसमध्ये पाँचवटा परियोजनामा पुनर्निर्माण भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।