३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठमेलमा अवैध मदिरा बनाएर बेच्ने चिनियाँ नागरिक पक्राउ



१५ साउन ०७८,काठमाडौं । अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय शि झिवाइ नाम गरेका युवक शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
यि चिनियाँ नागरिकले अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरिरहेको सूचना पाएपछि महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई ठमेलमा पक्राउ गरेको थियो । उनले होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रालि दर्ता गरी अवैध मदिरा उत्पादन गरी विक्री वितरणको लागि तयार पारेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस होटलबाट ४ वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, मदिरा उत्पादनमा प्रयोग हुने ८० लिटरका १ सय १३ थान ड्रममा रहेका कच्चा पदार्थ र विक्रीको लागि तयार पारिएको मदिरा समेत प्रहरीले बरामद गरेको छ ।
उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय महाराजगंज पठाइने उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।