२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँगुनारायणबाट बलात्कारको आरोपमा युवक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१५ साउन ०७८,भक्तपुर । तेह्र वर्षीया बालिकालाई वलात्कार (जबरजस्ती करणी) गरेको अभियोगमा भक्तपुरकोचाँगुनारायणबाट एक युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार नगरपालिका ७ मुहानपोखरी डेरा गरी बस्ने सूर्यगढी नगरपालिका २ घर भएका साईला घिसिङ भन्ने २४ वर्षीय बिनायक तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गत असार ४ गते तामाङले ती बालिकालाई आफ्नै डेरामा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई बाघटारस्थित त्रिसुली अस्पताल परिसरमा निर्माणाधिन भवनमा काम गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ११ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।