१७ साउन ०७८,ललितपुर । दक्षिण पुर्वी ललितपुरको माहाकाल गाँउपालिकामा युवा संघको कमिटी विस्तार गरिएको छ ।
भेलाले बसन्त थोकर अध्यक्ष, सागर परियार उपाध्यक्ष र निराजन दुलाल सचिवसँगै ५१ सदस्यीय गाउपालिका कमिटी गठन गरेको हो ।
भेलाले गाँउपालिकाको १ नम्बर वडा बुखेलको संयोजक राजु महत, २ नम्बर वडा मानिखेलको संयोजक सुदन नेपाली, ३ नम्बर वडा गोटिखेलको संयोजक निरोज सापकोटा, ४ नम्बर वडा कालेश्वरको संयोजक बलबिर घलान,५ नम्वर वडा चन्दनपुरको संयोजक गजेन्द्र सिङ्गार, ६ नम्बर वडा ठुलादुर्लुङको संयोजक रामप्रसाद दुलाल वडा संयोजकहरु चयन भएका छन् ।
राष्ट्रिय युवा संघ महांकाल गाउ पालिका भेलामा नेकपा एमाले वाग्मती प्रदेश सचिवालय सदस्य मधुसूदन पौडेल, युवासंघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् वाग्मती प्रदेश ईन्चार्ज कमरेड अमित लामा राष्ट्रिय युवा संघ केन्द्रिय सचिव एवम् वाग्मती प्रदेश अध्यक्ष प्रकास गौतम, नेकपा एमाले महांकाल पालिका ईन्चार्ज रामकुमार सिंतान, पालिका कमिटी अध्यक्ष पुरुषोत्तम हुमागाई, महांकाल गाउपालिका उप प्रमुख कमला तामांग, युवा १ नं. क्षेत्र उत्प्रेरक बाबुराम ग्याबा, राष्ट्रिय युवा ललितपुर जिल्ला अध्यक्ष एवम् केन्द्रिय सचिवालय सदस्य चिन लामा, सचिवालय सदस्य अभिसेक तिवारी, केन्द्रीय कमिटी सदस्यहरु राजु श्रेष्ठ, सरोज विस्ट, विपुल पौडेल, सुमन खड्का , युवा नेता हरिसरन तामांगलगायत जिल्ला सदस्यहरुको कार्यक्रममा सहभागिता थियो ।
प्रतिक्रिया