१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोखामा मिल्यो स्वाथ्यकर्मीमाथि कुटपिटको विवाद 




१८ साउन ०७८, काठमाडौं । टोखामा कोरोना खोप लगाउने विषयमा विवाद हुदा स्वास्थ्यकर्मीमाथि हातपात मन्थर भएको छ ।
यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएको थियो । सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात गर्र्नेे स्थानीय रामकाजी थापालगायतको समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र गल्ती गर्ने समूहले पिटाइ खाने स्वास्थ्यकर्मी तथा प्रहरीसँग माफि मागेपछिे विवाद साम्य भएको हो ।
विवाद मिलेसँगै खोप कार्यक्रमलाई आज सोमबारदेखि पुनः निरन्तरता दिइएको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । विवाद पछि रोकिएको खोप कार्यक्रम आज बिहान १०ः०० बजेदेखि उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले ५० वर्षमाथिका व्यक्ति, शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक सवारी साधनका चालक एवं सहचालकलाई भेरोसेल खोप उपलब्ध गराउने जनाएको छ । नगरपालिकाभित्रका मापदण्ड पुगेका व्यक्तिलाई खोप उपलब्ध गराउनका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र मनोहर माध्यमिक विद्यालय सामाखुशीलाई खोप केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : १२ बजे