२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा आज जोन्सनको खोप लगाइँदै



१८ साउन ०७८, ललितपुर। ललितपुर महानगरपालिकाले आज जनसम्पर्क धेरै हुने पेसा र व्यवसायमा संलग्न रहेकालाई कोरोना भाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, ललितपुर महानगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाका कर्मचारी, विदेश जानको लागि भिसा र टिकट लिएका व्यक्ति, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सञ्चारकर्मी तथा महानगरका उद्यमी व्यवसायीले यो खोप पाउने महानगरपालिकाले जनाएको छ । पाटन ढोकाको पाटन मावि, जावलाखेल चोक र सातदोबाटोमा रहेको महेन्द्र आदर्श माविमा खोप केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।