-ललितपुर खबर-
१८ साउन ०७८, ललितपुर । रामेछापको खाडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुम निवासी पञ्च लामा दोङलाई आर्थिक सहयोग गरिएको छ । दुबै मिर्गौला फेल भइ हाल टिचिङ अस्पताल काठमाडौंमा डाईलाईसिस गरिरहेको दोङको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अस्पतालले जनाएको छ । उनको स्वास्थ लाभको कामनासहित गोल्ड्रेन मर्निङ सोसाइटी नेपालको अगुवाई र सुसाङ लामाको सहकार्यमा २५ हजार ५ रुपैयाँ संकलन गरी बिरामीको छोरा भरत दोङलाई हस्तान्तरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर रहेका दोङले उपचारका लागि सहयोग गरिदिन अनुरोध समेत गरेका छन् । उनलाई उपचारका लागि सहयोग गर्न चाहने व्यक्तिे नम्बर ९८६१९३१६४९ मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
प्रतिक्रिया