१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा अशक्त सेवाग्राहीलाई निःशुल्क गाडी




१८ साउन ०७८, ललितपुर । अशक्त व्यक्तिलाई कार्यालयले आफैले गाडीमा रोखर ल्याउने लैजाने गरेको कतै सुन्नु भएको छ अव अपाङ्गता भएका व्यक्ति र बृद्धलाई ललितपुर महानगरको ३ नम्बर वडामा यस्तो सेवा दिइने भएको छ ।
ललितपुरको पुल्चोकस्थित ललितपुर महानगरको वडा नं. ३ ले आफ्नो वडामा रहेको अशक्त व्यक्तिहरुलाई कार्यालय आउन अप्ठ्रो हटाउन विद्य्तीय गाडीको व्यवस्था गरेको हो । सोमबार उर्जामन्त्री पम्फा भुसालले विद्युतीय गाडीको सेवा शुभारम्भ गरेकी छिन् ।
सेवा शुभारम्भ कार्यक्रममा वडाध्यक्ष श्रीगोपाल महर्जनले स्वास्थ्य चौकी व्यवस्थित गरेको, वडावासीका लागि निःशुल्क विद्युतीय गाडीको सेवा उपलब्ध गराएको र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराएको बताएका छन् । कार्यक्रमा मन्त्री भुसालले विवेकशील बत्ती सार्वजनिक गरेकी थिइन् ।
सिंहदरबारको अधिकार घरदैलोमा भन्ने नारा दिएर तीन तहको सरकारको व्यवस्था गरिएको स्मरण गर्दै उनले वडा नं ३ ले समाजका सबै क्षेत्र वर्ग र समुदायलाई आफ्नो उत्कृष्ट प्रशासनिक, सेवा र सुविधा दिन सफल भएको बताइन् ।
विद्युतीय सामाग्रीकोप्रयोग बढाउस्
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री फम्फा भुसालले डलरमा खरिद गर्नुपर्ने एल्पी ग्यास विस्थापित गरी विद्युत् खपत गर्ने अभियानमा सघाउन अपिल गरेकी छिन् ।
कार्यक्रममा उनले ललितपुरका जनतालाई विद्युतीय सामग्री प्रयोग गर्न आग्रह गरेकी हुन् ।
मन्त्री भुसालले एल्पी ग्यासलाई विस्थापित गर्ने गरी विद्युतको उपभोग गर्नुपर्नेमा जोड दिँदै भनिन्, “बिजुलीको चुलोमा खाना पकाउन सबैलाई आग्रह गर्न चाहन्छु ।” आफूले विद्युत् महसुल दर घटाउने नीति सार्वजनिक गर्न लागेको जानकारी दिँदै उनले भनिन्, “घरेलु उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर कम गर्नेछु । केही दिनमा त्यस विषयमा निर्णय गर्नेछु ।”
भान्सादेखि सवारीसाधनसम्म विद्युतीय ऊर्जा प्रयोग गर्न अपिल गर्दै मन्त्री भुसालले भनिन्, “हाम्रो देशको पैसा हाम्रै देशमा खर्च गर्न लागौँ । त्यसले मात्रै व्यापारघाटा कम गर्न सहयोग गर्छ ।” आफूले आधारभूत जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने नीति ल्याउन लागेको उनले जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : ३८ बजे