२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट नयाँ मिति राखेर ‘डेट एक्पाएर’ सामान बेच्ने २ जना पक्राउ




१८ साउन ०६८,काठमाडौं । म्याद गुज्रेका विभिन्न कस्मेटिक्स सामानहरुमा नयाँ मिति राखी बिक्री गरेको अभियोगमा करिब २ करोड मूल्य बराबरको सामान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्र्रहरीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १३ छाउनी बस्ने पर्सा वीरगंज महानगरपालिका १३ घर भएका ३१ वर्षीय अबिनाष अग्रवाल र काठमाडौं महानगरपालिका १५ सानो भ¥याङ बस्ने भारत राजस्थान सिकर घर भएका ४१ वर्षीय महाबिर गजुर रहेका छन् ।
विभिन्न प्रकारका म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा रहेको पुराना मितिलाई उप्काइ स्टिकरमा नयाँ मिति राखी बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
साथै काठमाडौं महानगरपालिका– १५ सानो भ¥याङस्थित समिट कमर्सियल प्रालिले भाडामा लिएको घरबाट करिब १ करोड रुपैयाँ बराबरको पुराना सामानलाई नयाँ मितिका स्टिकर टाँस गरी बजार पठाउन तयारी गरी राखेको म्याद गुज्रेका कस्मेटिक सामान र काठमाडौं महानगरपालिका २२ भोटेबहालको गोदामबाट १ करोड रुपैयाँ बराबरको म्याद गुज्रेका अन्य
कस्मेटिक सामानहरु गरी जम्मा २ करोड मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
उनीहरुलाई अनुसन्धान तथा कारवाहीका लागि बाणिज्य तथा उपभोक्ता हित संरक्षण बिभाग बबहरमल काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ४१ बजे