८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


पारस खड्काले लिए सन्यास



१९ साउन ०६८,काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।मंगलबार बिहान एक वक्तव्य सार्वजनिक गर्दै उनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

राष्ट्रिय टिमका अल राउण्डर पूर्व कप्तान खड्काले मैदान भित्र आफूले बिताएको दुई दशक मिठो यादका रुपमा रहने उल्लेख गरेका छन् । उनले आगामी दिनमा नेपाली क्रिकेटलाई नयाँ उचाइमा र्पुयाउन सबैले भूमीका खेल्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ११ : २५ बजे