२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको दधिकोटमा टिपर अनलोड गर्दा तारमा छोएर सहचालकको मृत्यु




२० साउन ०७८, भक्तपुर । सूर्यबिनायक नगरपालिका ४ दधिकोटस्थित अरनिको निर्माण सामाग्री डिपोमा गिटी झर्ने क्रममा टिपर उठाउदा नाङ्गो तारमा छुदा सहचालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बा.५ ख ७८४१ नम्बरको टिपरबाट गिटी झार्ने क्रममा करेन्ट लागेर टिपरका सहचालक महोत्तरी बर्दिबास बस्ने २२ वर्षीय बिशाल तामाङको मंगलबार राति मृत्यु भएको हो ।
यस डिपोमा टिपरको बुम उठाई ढाला खोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएको उनको उपचारको लागि मध्यपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कारी दिएको छ ।

 

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १२ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।