६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका ३२ वटै वडामा कोरोनाविरुद्ध खोप केन्द्र



२२ साउन ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ ।
महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ । निर्धारण गरिएका सबै केन्द्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाइने छ । खोप आगामी आइतबारसम्म सञ्चालन हुनेछ ।
यसअघि महानगरले १२ खोप केन्द्रमार्फत असार २९ देखि ३१ गतेसम्म खोप उपलब्ध गराएको थियो । पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले भीड कम गर्न सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको हो । अहिलेसम्म महानगरका ७२ हजार ६४४ जना कोरोनाबाट सङ्क्रमित भएकामा ६८ हजार ७७१ निको भएका ५१०को मृत्यु भएको छ । यहाँ तीन हजार ३६३ जना सक्रिय सङ्क्रमित छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १२ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।