२३ साउन ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कलंकी खसी बजारबाट खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी छन् ।
शनिबार बिहान ५ः०० खसी बजारमा जिउँदो खसी बेच्ने पसलमा बाख्रीको पहिचान खुल्ने अंगहरु लुकाएर मासु बेच्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेहरूले बिक्रीका लागि राखिएको खसीको मासुमा बाख्रीका पहिचान खुल्ने अंग लुकाएर बाख्रीको मासु मिसाएर बेच्दै आएका थिए ।
प्रहरीले बिक्रीका लागि राखिएको १५ वटा बाख्री, बाख्रीको अंग लुकाएर बेच्न राखिएको मासु समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया