२५ साउन ०७८,काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्वर सेतिओपी मार्ग डेरा गरी बस्ने उदयपुर लिम्सुम्बुङ गाउँपालिका ४ घर भएका तारामणी राईको कोठाबाट नगद १ लाख रुपैयाँ र सुनका गहना समेत गरी करिब २ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ८ शेसमती भेटघाट चोक डेरा गरी बस्ने धादिङ्ग गंगाजमुना गाउँपालिका ७ घर भएका सुजन न्यौपानेको कोठाबाट कोही नभएको अवस्थामा नगद ७० हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब १० लाख ७० हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै चोरीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
२६ श्रावण २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया