६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एमाले अध्यक्ष ओलीले उठाए लेले ढुंगा खानीमाथि प्रश्न




ललितपुर खबर
२७ साउन ०७८,काठमाडौं । निर्वमान प्रधानमन्त्री केपी शर्मा ओलिले गोदावरी नगरपालिकास्थित लेलेमा रहेको अवैध ढुंगा खानीको विषयमा प्रश्न उठाएका छन् ।
मंगलबार संसदमा बोल्दै ओलीले २ रोपनी जग्गा लिएर १०० रोपनी कव्जा गरेको प्रधानमन्त्री देउवालाई देख्नु हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेका छन् । खानीका कारण जंगल उजाड भएकोसमेत संसदमा बोल्दै ओलिले प्रश्न गरेका थिए ।

ओलीले देउवालाई तपाईका मन्त्री यो दोहनमा सामेल छन् कि छैनन ढुक्कले भन्न सक्नु हुन्छ भन्दै प्रश्न समेत गरेका छन् । निवर्तमान प्रधानमन्त्री ओलीले चुरे दोहनमा समेतहरुको लिष्ट निकाल्न समेत चुनौती दिएका हुन् । उनले अरु यस्ता अनाधिकृत दोहनमाथि प्रश्न गर्दै देशलाई बर्वाद गर्न पाइदैन भनेका छन् । ओलीले दादागिरी गर्न पाइदैन भनेर संसदबाट बोलका छन् ।

लेले र नल्लु क्षेत्रमा अवैध रुपमा खानी संचालन रहेको र सामुदायिक बनमा ढुंगा उत्खनन गरिएको आरोप लगाउदै लामो समयदेखि विवाद भइरहेको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ६ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।