२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ओलीको जस्तै बहिर्गमनमा नपर्न अरु राजनीतिक दल गम्भीर बन्नुपर्छः सिंह



२७ साउन ०७८, भक्तपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा बालुवाटारबाट ओली बालकोट पुगेको कुराबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन् । जनताले दिएको म्यान्डेटको अपमान गरेर ‘मनै विधि मनै कानुन हुँ मैले जे गरेपनि हुन्छु भन्ने सोचले ओलीको बहिर्गमन भएको भन्दै संविधान र कानुनभन्दा माथि कोही पनि नहुने उनले बताए । ओलीमा बढेको अहमताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि बढेकोको भन्दै ओलीमा भनाई र गराई फरक रहेको बताए । आफ्नो शासनकालमा के कति भ्रष्टाचारका समाचार आए भन्ने कुरा ख्याल गर्नसमेत उनले ओलीलाई चेतावनी दिए ।

‘मनै सबथोक हुँ मैले बोलेपछि, मैले भनेसी किन नहुने भनेकै कारण झन्डै दुईतिहाईको सरकार बालुवाटारबाट बालकोट पुगेको कुराबाट सबैले पाठ सिक्नुपर्छ’ आज भक्तपुरको मध्यपुर नगरपालिका वडा नं ३ को को नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गर्दै सिंहले भने, ‘त्यसैले समयको माग र जनचाहाना अनुरुप विधि प्रक्रियाबाट नचल्दाको परिणामका कारण ओली बहिर्गमनमा परेका हुन् ।’ ओलीको जस्तै बहिर्गमनमा नपर्न अरु राजनीतिक दल पनि गम्भीर बन्नुपर्ने उनले बताए । नेता सिंहले जनप्रतिनिधि जनता र मुलुकप्रति उत्तरदायी हुनुपर्ने भन्दै जन प्रतिनिधिले गर्ने व्यवहारलाई नागरिकले उच्च महत्त्वका साथ हेरिरहेको उनको भनाई थियो । त्यसैले जन प्रतिनिधिका गतिविधि नागरिकप्रति उत्तरदायी हुनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  २ : २३ बजे