२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा ११ हजार ३२६ जना सक्रिय संक्रमित



२८ साउन ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ११ हजार ३२६ जना रहेको छ । उपत्यकामा बिहीबार थप एक हजार १३३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकामा थप एक हजार १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौं जिल्लामा ८११, ललितपुरमा १९२ र भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा अहिले ११ हजार ३२६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौंमा ८ हजार ११०, ललितपुरमा १ हजार ८८७ र भक्तपुरमा १ हजार ३२९ जना सक्रिय संक्रमित छन्।

 

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।