२९ साउन ०७८,काठमाडौँ । बैंकिङ कसुर मुद्दामा चार दिन कैद तोकिएकी फरार प्रतिवादी पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौं–१६ घर भएकी प्रेमकुमारी खड्गीलाई शुक्रबार पक्राउ गरेको हो। उच्च अदालत पाटनले २०७६ जेठ २१ मा ४८ वर्षीया खड्गीलाई पाँच दिन कैद र २० लाख जरिवाना हुने फैसला गरेको थियो।
आफ्नो खातामा पर्याप्त रकम नभएको जानी–जानी खड्गीले जाहेरवालालाई एनएमबी बैंकको चेक दिएकी थिइन्। ब्यूरोले उनलाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराएको जनाएको छ।
प्रतिक्रिया