६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बालाजुबाट साढे एक किलो सालकको खपटासहित दुई जना पक्राउ




३१ साउन ०७८, काठमाडौं । संरक्षित वन्यजन्तु सालकको खपटासहित काठमाडौं बालाजुबाट दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले संरक्षित वन्यजन्तु सालकको खपटासहित शुक्रबार दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुबाट सालकको खपटा एक किलो पाँच सय ग्रामसहित दुई जनालाई पक्राउ गरिएको महतोले बताए। पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय कान्छालाल मोक्तान र ४० वर्षीय धनबहादुर योञ्जन छन्।

अवैध रूपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोबाट प्रहरीको टोली खटिएको थियो।उनीहरूमाथि थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय हात्तीसारमा बुझाएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।