२३ पुस २०८१, मंगलबार | Wed Jan 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘रेड जोन’मा, ललितपुरमा मात्रै झण्डै ११ सय सक्रिय संक्रमित



३२ साउन ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका हुन् ।

स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौंलाई कोरोनाको रेड जोन मानेपछि निषेधाज्ञाको स्वरुपसमेत थप कडाइ गर्नुपर्ने अवस्था आएको प्रशासनको भनाइ छ । संक्रमणको दर कम हुनेभन्दा बढ्दो गतितर्फ रहेकाले प्रसासनले थप संक्रमण दरको समीक्षा गर्दै निषेधाज्ञाको कडाइमा आवश्यक निर्णय लिने तयारी प्रशासनको छ । प्रशासनले सर्वसाधारणलाई जथाभावी भीडभाड नगर्न, मास्कको प्रयोग गर्न र बिनाकाम घरबाहिर ननिस्कनसमेत आग्रह गरेको छ ।आइतबारसम्म मात्रै  उपत्यकामा ११ हजार ७८६ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा मात्रै आठ हजार ४ सय ३० जना सक्रिय संक्रमित छन् । ललितपुरमा एक हजार ९ सय ७० र भक्तपुरमा एक हजार ३ सय ८६ जना सक्रिय संक्रमित रहेका  छन् ।

 

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : ४० बजे