२३ पुस २०८१, मंगलबार | Wed Jan 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मुख्यमन्त्रीद्वारा भिमफेदीको गाँउपालिका भवन उद्घाटन



३२ साउन ०७८, भिमफेदी । मकवानपुरको पुरानो सदरमुकामसमेत रहेको भीमफेदी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज सोमबार उद्घाटन गरिएको छ । रु चार करोड २२ लाख २७ हजार लागतमा निर्मित ४२ कोठे भवनको आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।
प्रदेश सरकारले भीमफेदी गाउँपालिकामा मात्रै ६ वटा खानेपानीका योजनासहित खेल मैदान, सडक, पुलजस्ता ५४ वटा योजनालाई चालू आवमा बजेट विनियोजन गरेको बताउँदै मुख्यमन्त्री पौडेलले भीमफेदीको ऐतिहासिकताको संरक्षण गर्ने योजना कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्लामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला, बहुप्राविधिक विद्यालय, पाउडर दूधको उद्योग, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता महत्वपूर्ण योजना स्थापना गर्न भूमिका खेलेकोमा धन्यवाद व्यक्त गरे ।
गाउँपालिकाका अध्यक्ष हिदम लामाले आफूहरू मुख्यमन्त्री पौडेलको विकास नीतिलाई आत्मसात् गर्दै अगाडि बढेको बताएका थिए । उनले गाउँपालिकाको समग्र विकासका लागि आफूहरूले काम गरेको बताउँदै गाउँपालिकाको विकास योजनालाई सार्थक बनाउन प्रदेश सरकारले सहयोग गरेको जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले गाउँपालिकाले जनचाहनाअनुसार काम गरेको र कार्यसम्पादनमा कहिलै कञ्जुस्याई नगरिएको बताइन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ९ : १८ बजे