३२ साउन ०७८, फुटुुङ । कम्बोडिया पठाइदिन्छु भनी ६ जनासँग ३९ लाख रुपैयाँ ठगी गर्ने मिनध्वज भन्ने विचारमान मोक्तान पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–१ गोकुले घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्ने २८ वर्षका मोक्तानले पाँचखाल–८ चिसापानी बस्ने वर्ष ३६ का प्रेमबहादुर तामाङसमेत ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्छ, कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी ३९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
मोक्तानलाई प्रहरीले सोमबार नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।
३२ श्रावण २०७८, सोमबार
0
Shares
प्रतिक्रिया