२३ पुस २०८१, मंगलबार | Wed Jan 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वसन्तपुरको कुमारीघरमा टिकटक निषेध




ललितपुर खबर
१ भदौं ०७८, काठमाडौं । काठमाडौको वसन्तपुरस्थित कुमारी घरमा टिकटक निषेध गरिएको छ ।
निषेधाज्ञाको समयमा सम्पदा क्षेत्रमा आएर नेपाली संस्कृतीसँग नमिल्ने उत्श्रृङ्खल किसिमका हर्कत गर्ने थालेपछि टिकटक बनाउन निषेध गरिएको हो ।
इन्द्रजात्रा आयोजक समितीका अध्यक्ष गौत्तम शाक्यले युवायुवतीहरु कुमारी घर परिसरमा आएर नेपाली संस्कृतीसँग मेल नखाने उत्श्रृंखल किसिमका गीत संगीतमा टिकटक बनाउन थालेपछि टिकटख बनाउन निषेध गरिएको जानकारी दिए । उनले भने,अहिले हनुमानढोका क्षेत्रमा समेत टिकटक निषेध गरिएको जानकारी दिए ।
शाक्यले टिकटक बनाउने युवालाई कारवाही नगरिएको भए पनि जनसेवा र नगर प्रहरीले रोक्ने गरेको बताए ।
कोरोना संक्रमणका कारण डेढ वर्ष देखि कुमारीघर बन्द छ । बन्दका कारण कुमारीको दर्शन गर्ने भक्तजन आए पनि फर्काउनु परेको उनले बताए । उनका अनुसार नित्यपुजा बाहेक अरु कृयाकलाप बन्द छ । कुमारीघर सम्पूर्ण रुपमा निषेधाज्ञा नखुल्दासम्म बन्द रहेने उनको भनाई छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ८ : ४८ बजे