२३ पुस २०८१, मंगलबार | Wed Jan 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘बाघभैरव जात्रा’ स्थगित




१ भदौ ०७८, कीर्तिपुर । यस वर्ष बाघभैरव जात्रा स्थगन गरिएको छ । धार्मिक एवम् सांस्कृतिक रुपले महत्वको कीर्तिपुरको मध्य भागमा रहेका बाघभैरवलाई त्यहाँका स्थानीयवासीले आराध्यदेव मानी पूजाआजा गर्दै आएका छन् । कीर्तिपुरमा बस्ती बस्दादेखि नै बाघभैरव मन्दिरको अस्तित्व रहिआएको कीर्तिपुर जात्रा पर्व व्यवस्थापन समितिका सदस्य वीरेन्द्र शाक्यले जानकारी दिए । उच्च भागमा अवस्थित रहेका कारण मन्दिर परिसरबाट काठमाडौँ उपत्यकाको एकसाथ दृश्यावलोन गर्न सकिने भएका कारण यस स्थानको गरिमा र महत्व अझै बढाएको छ ।

पूर्व र पश्चिम लाम्चो डुङ्गाका आकारमा देखिने प्राचीन बस्ती कीर्तिपुरको मध्य भागमा अवस्थित बाघभैरव मन्दिरलाई काठमाडौँका विभिन्न स्थानबाट पनि देख्न सकिन्छ ।

सदस्यशाक्यका अनुसार कीर्तिपुरवासीका आराध्यदेव बाघभैरवको जात्रा प्रत्येक वर्षको भदौ १ गते सिंह सङ्क्रान्तिका दिन मनाउने प्रचलन छ । जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गराइने र आफन्त बोलाएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसियाली साट्ने प्रचलन छ ।

बाघभैरव जात्राका दिन बाघभैरवको मन्दिर एक सय आठपटक घुमेमा पाप नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास छ । कोरोना कहरका कारण यस पटक भने बाघभैरव जात्रा स्थगित गरिएको हो ।

बाघभैरवको मन्दिर शिवदेवले बनाए पनि तर मूल माटाले बनेको गर्भमा रहेको मूर्ति कसले बनायो भन्ने विषयमा धेरै किंवदन्ती पाइन्छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  २ : २७ बजे