२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका मेयर महर्जन पुल्चोकस्थित विवादास्पद पाटी शिलान्याश गर्दै




२ भदौं ०७८,ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनले विवादास्पद पुल्चोक स्तुपा संगै सडक पेटीमै पाटी शिलान्याश गर्ने भएका छन् ।
उनले स्थानीय पुल्चोक टोल सुधार समिति, स्थानीय बुद्धिजीवि र महानगरपालिकाका कार्यपालिकाका सदस्यलाई गुमराहमा राखी बाटोसंगै फुटपाथमा ‘समय फल्चा’ पाटीको शिलान्यास गर्न लागेको श्रोतले जानकारी दिएको छ ।
सरकारको सरकारको निर्देशन र सर्वोच्च अदालतको आदेश उलंघन गर्दैनिर्माण गर्न लागेको श्रोतको भनाई छ ।
ललितपुर महानगरका मेयर महर्जनले सर्वोच्चको फैसला अनुसार नै फल्चा निर्माण गर्न लागेको बताए । उनका अनुसार फल्चा निर्माणका लागि सिडियोको पत्र आइसकेको छ । मेयर महर्जनले आफ्नो काम सय प्रतिशत रहेको ठिक रहेको बताए । उनले भने एक प्वाइट पनि तलमाथि छैन ।
यही साउन १७ गते सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको आदेश विपरीत मेयर महर्जनले अटेर गरेर मूल सडकको आवागमनमा प्रभाव पार्ने गरी समय फल्चा र्निर्माणको काम अगाडि बढाउन खोजेको एक स्थानीयले दावी गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा आफु फेरी मेयरको उम्मेवार उठेर जनताको मन जित्ने भ्रम बाड्दै हिडेका मेयर महर्जनले सर्वोच्चको आदेश विपरित पाटी बनाउन लागेको श्रोतको दावी छ । उनका अनुसार यसअघि जिल्ला प्रशासन कार्यालय र सडक विभाग र नापी कार्यालयले सडक मापदण्डभित्र पर्ने यो स्थानमा पाटी बनाउन नहुने पत्र महानगरपालिकालाई पठाएको थियो । उनको अनुसार यस पत्रको वेवास्ता गर्दै मेयर महर्जनले महानगरपालिकाका कार्यकारी अधिकृत गणेश अर्यालयको उक्साहटमा पाटी बनाउन खोजेका हुन ।
कार्यकारी अधिकृत अर्यालले मेयरलाई फसाउन नचाहिदो काम गर्न उक्साएको महानगरपालिकाका कर्मचारीको आरोप छ । सरकारी निकायले पठाएको पत्र दर्ता चलानी नगरी सुटुक्क मेयरको हातमा थमाएर जसरी भएपनि काम गर्नुपर्ने भन्दै फसाउन खोज्ने कार्यकारी अधिकृत अर्यालको पछिल्लो गतिविधि विरुद्ध कामप्रति अधिकांस कर्मचारी असन्तुट भएका बुझिएको छ ।
पाटी बनाउन रोक लगाउने आसयको पत्र सार्वजनिक नगरी मेयरलाई हातमा दिएर पाटी बनाउने उस्काएको आरोप खेपेका कार्यकारी अधिकृत अर्यालप्रति अधिकांस जनप्रतिनिधि आक्रोशित रहेको एक जनप्रतिनिधिले बताए ।
पछिल्लो समय मेयरलाई विवादमा ल्याउन अर्यालको हात रहेको कर्मचारीको आरोप छ । कार्यकारी अधिकृत अर्यालको रवाफले गर्दा महानगरमा उच्च तहका कमचारीको बोलचाल नै बन्द हुन थालेका एक कर्मचारी दावी गर्छन् । कार्यकारी अधिकृत अर्याललाई कानुनको विषयमा केही थाहा नभएपनि आफुलाई सबै जानकारी भएको जसरी मेयरलाई ब्रिफिङ गरी फसाउन खोज्दा समस्या पर्न थालेको एक कर्मचारीले बताए ।
तर मेयर महर्जन आफ्नै नामको मेयरको गौरबको योजनामा पारेको बजेट मिल्दै नमिल्ने स्थानमा पाटी निर्माण गरी जसरी भएपनि कार्यान्वयन गर्ने तयारीमा रहेको यो पाटी निर्र्माण गर्न ३० लाख रुपिया विनीयोजन गरेको छ । गत आबको यो बजेट कार्यान्वयन नहुने देखेपछि मेयर महर्जनले स्थानीयलाई देखाएर नियम विपरित पाटी बनाउन खोजिरहेका उनीहरुको दावी छ ।
मेयरको जिद्दीप्रति स्थानीय टोलसुधार समितिका केही सदस्य अचम्मित भएका बताइएको छ । सर्वोच्चले दिएको आदेश, जिल्ला प्रशसन कार्यालयको पत्र र भुमीसुधार तथा सहकारी मन्त्रालयको पत्र लुकाएर पहिला जहाँ पाटी थियो त्यही स्थानमा पाटी निर्माण गर्नुपर्छ भन्दै हिड्ने मेयर महर्जनलाई पाटी निर्माण गर्न शुरु गरे मानहानीमा मुद्धा दर्ता गर्ने तयारी गरिएको बुझिएको छ ।
सर्वोच्चले कित्ता नं. ३२७ को जग्गा कुपण्डोल जावलाखेल मूल सडकभित्र नपर्ने भएको, यो जग्गामा पाटी पुनर्निर्माण गर्दा सडक पेटी (पैदल मार्ग)मा असर पर्ने अवस्था नरहेको भनी प्रत्यर्थी तर्फबाट जिकिर प्रस्तुत हुन आएको देखियो’, सर्वोच्चको आदेशमा भनिएको छ ।
‘तसर्थ मूल सडक र पैदल मार्ग यथावत कायम रहने गरि अर्थात सडक मापदण्ड विपपरीत नहुने गरि सत्तल (पाटी) निर्माण गर्न लागेको विषयमा सो कार्य हुन दिनबाट रोक्ने गरि अन्तरिम आदेश जारी गर्न मिलेन ।
नियमानुसार गर्नु’, सर्वोच्चको आदशमा उल्लेख छ । तर यो आदेशलाई मेयर महर्जनले पाटी निर्माण गर्नु भनेको भन्दै गुमराहमा पारिरहेको एक स्थानीयले बताए । मेयरले सर्वोच्चले मुल सडक र सडक पेटीलाई यथावत राख्नु भनेको सडकमा कुनै संरचना बनाउन नमिल्ने आदेश गरेको उनीहरुको दावी छ ।
सर्वोच्च अदालतले सडक विभागको मापदण्ड विपरीत नहुने गरि काम गर्न भनेको तर, मेयर महर्जनले सर्वोच्चको आदेशलाई अपब्याख्या गरेको एक स्थानीयले बताए ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले वडा नं. ३ को कित्ता नम्बर ३२७ को क्षेत्रफल ०–१–०–१ को जग्गामा अतिक्रमण गरि निर्माण गर्न लागेको भन्दै यो काम नगर्न निर्देशन गरेको उनको भनाई छ ।
उनका अनुसार गृह मन्त्रालय सिंहदरबारले यही असार १३ गतेको पत्र अनुसार जिप्रकाले महानगरपालिकालाई पत्र पठाएको हो । सडक विभागले गएको पुस २४ मा सडक सीमाभित्रको निर्माण कार्य रोक्न निर्देशन दिएको छ ।
‘नापी कार्यालय ललितपुरको स्थलगत अध्ययन फिल्ड प्रतिवेदनको छायाँप्रति यसैसाथ संलग्न राखी यस आधारमा निर्माण कार्य रोक्का राख्न हुन आदेशानुसार अनुरोध छ’, जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकालाई लेखेको पत्रमा उल्लेख छ । नापी कार्यालय ललितपुरले पनि यो जग्गा सडकको मापदण्डमा पर्ने उल्लेख गरेको छ ।
सडक डिभिजन ललितपुरले पनि सडक सीमाभित्रको निर्माण कार्य रोक्न ललितपुर महानगरपालिकालाई निर्देशन दिएको उनको भनाई छ । ‘पार्टी समय फाल्चा सडकको केन्द्र विन्दुबाट ११÷११ मिटरभित्रको सरकारी जग्गाभित्र पर्ने भएकाले एवम् तपसिलको आधारले समेत निर्माण गर्न नमिल्ने भएकोले निर्माण कार्य नगर्नु नगराउनु हुन अनुरोध गरिन्छ–’, सडक डिभिजन ललितपुरले पत्रमा भनेको छ’ । ‘अन्यथा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गरिने जानकारीमा उल्लेख गरेको छ ।
मेयर महर्जनले सरकारी निकायको निर्देशन र आदेशको धज्जी उडाउदै पाटी निर्माण गर्न लागेका भन्दै स्थानीय आक्रोसित छन् । पछिल्लो समय नेपाली काग्रेसका उपल्लो तहका नेताहरुको आग्रहलाई अटेर गर्दै जसरी भएपछि पाटी निर्माण गर्ने रटानमा लागेका मेयर महर्जनले सरकारी अधिकारीको आदेश समेत उलंघन गरिरहेका उनीहरु बताउछन् ।
यसअघि सडक विभागले साइकल लेन नबनाउन गरेको आग्रहलाई अटेर गरेपछि आलोचित बनेका मेयर महर्जनले महानगरमा एकलौटी निर्णय गर्न थालेका थिए । उनीहरुका अनुसार यस्को पछिल्लो उदाहरण पुल्चोकको स्तुपा नजिकै मुल सडकमा पाटी बनाउने काम हो । गृह मन्त्रालयले यही २८ गते पत्रचार गरी मापदण्ड अनुसार काम गर्न निर्देशन दिएको थियो ।
महानगरपालिकाका कार्यकारी अधिकृत अर्याल यस निर्णयमा आफ्नो संलग्नता नभएको दावी गरे । उनका अनुसार सवोच्च अदातलले बाटोको क्षेत्राधिकार नपर्ने भन्ने निर्णय भएको बताउदै आफू कर्मचारी भएकाले जनप्रतिनिधिले गरेको निणर््य कार्यान्वयन गर्नु पर्ने बताए ।
मेयर महर्जनको निर्वाचनकै बेला प्रतिवद्धता व्यक्त गरेर यो पाटी बनाउन योजना रहेको उनको भनाई छ ।
यहाँ पुरानै अवस्थामा पाटी रहेकोे भत्केकाले पुर्ननिर्माण गर्न खोजेको उनको भनाई छ ।
अर्को मुद्दामा अन्तरिक आदेश नपर्ने आदेश भएकाले निर्माण गर्न खोजेको उनको भनाई छ ।
उक्सावट भएको विषयमा आफूले जवाफ दिनु नपर्ने र
आफूलाई त्यो पार्टी बन्दा नबन्दा फरक नपर्ने अर्यालले ललितपुर खबरलाई बताए ।
मेयर महर्जनले विहीबार विहान ८ बजे पाटीको शिलान्याश गर्ने कार्यक्रम रहेको बताउदै कार्यक्रममा उपस्थितीका लागि निम्तो समेत गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १० : ४५ बजे