३ भदौं ०७८, दुबई । अफगानिस्तानका राष्ट्रपति असरफ ग़नीलेआफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताएका छन् । उनी गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लागेका थिए । उनी अहिले संयुक्त अरब इमिरेट्स पुगेको बताइएको छ ।
उनलाई बुधबार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ । उनको साथमा उनको परिवार पनि रहेका छन् । हिंस्रकरूपमा तालिबानीले विभिन्न सहर हुँदै राजधानी काबुल नै कब्जा गर्न थालेपछि उनले गएको आइतबार देश छोडेका थिए ।
देश छोडेपछि पहिलो पटक आफ्नो भनाइ राख्दै उनले आफूले देशमा रक्तपात हुने देखेर नै त्यसबाट बचाउनका लागि देश छोडेर हिँडेको भनाइ सार्वजनिक गरेका हुन् ।
उनले बुधबार आफ्नो राष्ट्रिय भाषा पास्तोमा सम्बोधन गर्दै सो धारणा राखेका छन् । त्यसक्रममा उनले आफ्ना पूर्वमन्त्रीले देश छोडेर भागेको भनी गरेको आलोचनाको पनि बचाउ गरेका छन् ।
सिन्ह्वा
प्रतिक्रिया