२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय, सात पक्राउ




३ भदौं ०७८, ललितपुर । ललितपुरमा अपार्टमेन्ट भाडामा लिई अवैध यौन व्यवसाय संचालन गर्ने ७ जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–३ कान्तिपुर हाइटस्थित अपार्टमेन्ट उनीहरुले भाडामा लिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२८ ढल्कु बस्ने झापा दमक नगरपालिका(७ का ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका(६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका–८ की २३ वर्षीया ललिता विक, काठमाडौं बूढानीलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट छन्।
त्यसैगरी ललितपुर महानगरपालिका–८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ सानो पोखराकी ४२ वर्षीया गीता खड्गी, काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टिना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ बाह्रबिसेकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका ७ घर भएका ३३ वर्षीय प्रतीक कर्माचार्य पक्राउ परेका छन्।

उक्त अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने गरेको भन्ने सूचानका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी अनुसन्धान गरिएको ललितपुर प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  २ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।