६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा



३ भदौं ०७८, काठमाडौँ । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

साथै सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। भदौ ७ मा गाईजात्रा छ। यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।