२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं प्रशासनले भन्यो, ‘जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मनाउनु’




३ भदौं ०७८, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा र गाईजात्रा पर्व सांकेतिक रुपमा मनाउन अनुरोध गरेको छ ।
कोभिड संक्रमदर उच्च रहेको भन्दै काठमाडौं प्रशासनले जनैपूर्णिमा र गाईजात्रा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना हुने गरी सांकेतिक रूपमा मात्रै मनाउन अनुरोध गरेको हो । काठमाडौं प्रशासनले बिहीबार सूचना निकालेर सो अनुरोध गरेको हो ।

पर्वमा भिडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि प्रशासनले सबैलाई अनुरोध गरेको छ । यसवर्षको जनैपूर्णिमा भदौ ६ र गाईजात्रा भदौ ७ गते परेको छ । नेपालमा पछिल्लो समय कोभिड संक्रमणदर तीब्र रुपमा बढिरहेको छ । निको हुने भन्दा संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । मृत्युदर पनि दुई दिन यता केही बढेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ६ : ०२ बजे