२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मी नगरमा व्यवसायलाई छुटै छुट




३ भदौं ०७८, इमाडोल । महालक्ष्मी नगरपालिकाले यस बर्ष व्यावसायीहरुलाई विभिन्न छुट सुविधाहरु दिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले आज विहीबार सूचनाटहरुदिएने निर्णय भएको जानकारी दिएका हुन् ।
नगरपालिकाले महिला, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिलाई चालु आर्थिक वर्ष २०७८÷७९ मा व्यवसाय दर्ता शुल्क तथा वार्षिक करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
नियमित कर बुझाइरहेकालाई चालु आवको कर सुरु भएको पहिलो तीन महिना आउँदो असोज मसान्तभित्र लाग्ने रकमको १० प्रतिशत र अर्काे पुस मसान्तभित्र बुझाउन आउनेलाई पाँच प्रतिशत छुट दिइने छ ।
परम्परागत घरेलु उद्योग ढाका, सुकुल र भाँडाकुँडाको व्यवसाय गर्नेलाई वार्षिक करमा २५ प्रतिशत छुट दिनाका साथै हालसम्म नगरपालिकामा व्यवसाय दर्ता नगरेकाले असोज मसान्तभित्र गरेमा लाग्ने राजस्व रकममा २५ प्रतिशत र कात्तिकदेखि पुस मसान्तसम्म दर्ता गरे १० प्रतिशत छुट दिइने जनाइएको छ । त्यसैगरी नगरपालिकाले गत आर्थिक वर्षको कर बुझाउन बाँकी रहेकालाई यही भदौ मसान्तसम्म वक्यौता बुझाउन आएमा नियमानुसार लाग्ने जरिवानाबापतको रकम छुट दिइनेसमेत जनाइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  १० : ३० बजे