४ भदौं ०७८, हेटौडा । वागमती प्रदेश सरकारले गाईजात्रा पर्वका अवसरमा यही भदौं ७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकारले यही भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ ।
प्रदेशमा प्रमुख पर्वका रूपमा मनाइने भएकाले प्रदेशभर सार्वजनिक बिदा घोषणा गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
४ भाद्र २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया