२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रधानमन्त्री देउवाले गरे कुम्भेश्वर मन्दिरको उद्घाटन




४ भदौं ०७८,ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले कुम्भेश्वर (सर्वेश्वर) मन्दीरको उद्घाटन गरेका छन् । गत २०७२ सालको शक्तिशाली भुकम्पले क्षतिग्रस्त मन्दीर परिसरमा कुम्भेश्वर महादेव र मन्दीरको गजुरको पुजा गरी प्रधानमन्त्री देउवाले मन्दीरको उद्घाटन गरेका हुन् । पाँचतले यो मन्दीरको कुम्भेश्वर महादेवका पुजारी माधव श्याम शर्माले मन्त्रो उच्चारण गरेका थिए ।
उद्घाटनपछि बिहान ११ बजेको शुभ साइतमा प्रधानमन्त्री र पत्नी आरजु देउवा राणाले पुजा अर्चना गरे । बैशाख १२ र २९गते आएको भुकम्पले मन्दीरको तीन तला क्षतिग्रस्त भएको थियो । यसअघि नेपाली काग्रेसका सभापतिको हैसियतमा बिसं २०७४ साल बैशाख ३० गते प्रम देउवाले नै मन्दीरको क्षमा पुजा गरेका थिए ।
क्षमापुजा गरी जिर्णोद्धार शुरु गरेको ४ वर्षपछि मन्दीरको पुननिर्माण पुरा भएको हो । मन्दीर जिर्णोद्धार समितिका संयोजक एवं कुम्भेश्वर टोल सुधार समितिका संयोजक अरोजकुमार खड्गीले करिब २ करोड ८२ लाख रुपिया लागतमा जिर्णोद्धार सम्पन्न भएको जानकारी दिएका छन् । लक डाउन र निर्माण समाग्रीको अभावको कारण जिर्णोद्धारमा ढिलाई भएको र समितिको निरन्तर सहयोगको कारण ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गरेको संयोजक खड्गीको भनाई छ ।
पुरातत्व विभागले धर्मएस तुल्सी ड्रामा जेभि ललितपुरलाई ठेक्का दिएको थियो । मन्दीर जिर्णोद्धार समितिको संयोजकहरुमा टोल सुधार समितिका अरोजकुमार अध्यक्ष खड्गी, कुम्भेश्वर मन्दीरका पुजारी माधव श्याम शर्मा र वंगलामुखी मन्दीरका द्योपाला पुष्प कपाली रहेका थिए ।
उद्घाटन समारोह अवधीभर कार्यक्रममा मन्दीरका भजन मण्डलले परम्परागत बाजा बजाएका थिए ।
मन्दीर उद्घाटन लगत्तै प्रम देउवा र प्रम पत्नी आरजु देउवाले लगायत कुम्भेश्वर मन्दीर परिसरमा रहेको वंगलामुखी, लगायत मठ मन्दीरको दर्शन गर्नुभएको थियो । पुजा पछि प्रम देउवाले निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १ : १८ बजे